Thursday, December 25, 2008

Community News (Nepali)







अमेरिकामा महावीरको सम्मानमा नेपाली जुटे

"बिदेशमा बस्ने कुरालाई म नराम्रो मान्दिन, ...कृपया आफ्नो मातृभूमिलाइ बिर्सने काम नगर्नुहोस्।" -महावीर पुन मगर, रामोन म्याग्स्याश्या पुरस्कार-२००७ विजेता




टिका पुन मगर, भजिंनियाबाट बल्टिम ोर, मेरिल्‍याण्‍ड


. "देश खत्तम भयो भनेर देशको असाध्यै चिन्ता गर्ने तर नेपाल फर्किने कुरा गदां चाहीं होइन अझै पनि पूर्ण शान्ति कहाँ आइसकेको छ र ? राजनीतिक स्थिरता आइसकेको छैन, यस्तो स्थितिमा नेपाल गएर के गर्ने ?" भन्दै बिदेशको बसाइँ लम्ब्याउने नेपालीहरुका लागि बलियो झापद हो कम्युनिटी लिडरशिपका लागि सन २००७ को रामोन म्याग्स्याश्या पुरस्कार विजेता महावीर पुन मगरको सफलता....। सातै वषं अघि मात्र अमेरिकाको सुखसुबिधा च्‍याटृै छोडेर गाऊँ फकिंएका नेपालका गौरव महावीर पुन यतिबेला अमेरिकाको भ्रमणमा हुनुहुन्छ। यही December 21 मा हुने University of Nebraska at Kearney को Graduation Ceremony मा key note speaker का रुपमा आमन्त्रित वहाँले तेही विश्वबिद्यालयबाट स्नातक र स्नातकओत्तर गरेका थिए। अझै गौरवको कुरा उक्त कार्यक्रममा Honarary Dr. of humane letters द्बारा सम्मानित गरिदैरहेछ यि कर्मवीरलाइ । समयको एक एक सेकेन्ड सदुपयोग गर्नुपर्छ भन्ने मान्यता राखने समाजसेवी महावीर यही अवसरमा अमेरिकाका बिभिन्न शहरमा बसोबास गर्ने नेपालीहरु बिच भेटघाट गर्ने र आफ्ना प्रोजेक्टहरुबारे जानकारी गराउने कार्यमा ब्यस्त हुनुहुन्छ यतिबेला । सन्दर्भमा बल्टिमोर शहर आइपुग्नु भएका वहाँलाइ म्याग्दी समाज बल्टिमोर, बल्टिमोर नेपाली समाज, लाङ्घाली (मगर) समाज यु.यस.ए., मानव अधिकार संगठन बाल्टिमोर, ग्रेटर वाशिङ्टन तमु समाज र नेपाली अमेरिकन पब्लिक अफ्फैर्स् काउन्सिल गरी छ वटा सँस्थाको संयुक्त आयोजनामा एक भब्य सम्मान कार्यक्रम सम्पन्न गरियो । बल्टिमोर नेपाली समाजका सभापति कृश घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अयोजकको तर्फबाट समाजकी उपसभापति रबिना थापाले स्वागत मन्तब्य दिनुभएको थियो भने लोक गायक प्रेमराजा महतले महावीर पुनको सामाजिक सेवामा समर्पित भावनाको कदर गर्दै वहाँकै बारेमा रचिएको गीत सुनाउनु भएको थियो । आयोजक संस्थाहारुको तर्फबाट क्रमश: पारस श्रेष्ठ, डिल्ली पौड्याल, निलम थापा, रोसानी श्रेष्ठ, सोम गुरुङ र डा. श्याम कार्कीले बोल्नु भएको थियो भने The Association of Nepalese in Americas का तर्फबाट उपसभापति सिमोन ढुंगानाले आफ्नो मन्तब्य राख्नु भएको थियो । यसैगरी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज बल्टिमोर च्याप्टरका सभापति एच.बि. भण्डारी, ए. एन्.ए. का महासचिब मेदिनी अधिकारि, Himanchal Education Foundation का Washington DC Area का प्रतिनिधि जीवन गिरिले पनि बोल्नुभएको थियो । टिका कुमार पुन ले सन्चालन गर्नु भएको उक्त सम्मान कार्यक्रममा महावीर पुनसँग अध्ययन र अध्यापनको क्रममा लामो समय नजिक रहने अवसर पाएका पदम पुनले वहाँको आनीबानी र संघर्षपूर्ण जीवनका आरोह अवरोहलाई अत्यन्तै रोचक शैलीमा प्रस्तुत गर्नुभएको थियो भने म्याग्दी जिल्लाका पाका ब्यक्ती दुर्गा पुनले समाजसेवामा अरु बढी सफलताको कामना गर्दै आशिर्बाद दिनुभएको थियो । प्रशंशाले भरिएका मन्तब्यहरु सुनेपछि सादा जीवन उच्च बिचारका प्रतिमुर्तिले बोले यती धेरै प्रशंशा नगरिदिनुस् कृपया । प्रशंशाले मान्छे घमण्डी बन्छ र घमण्डले मान्छे बिग्रन सक्छ । म पनि मान्छे हुं र ममा पनि त्यो कमजोरि आउन सक्छ । सहयोगमा चलेका प्रोजेक्टहरुबारे बोल्दै भने सहयोग माग्न मलाई लाज लाग्दैन, माग्नेहरु बिभिन्न खाल्का हुन्छन् र मलाई लाग्छ म गतिलो खाल्को माग्ने हुं । तपाईंहरुको कुनै पनि रुपमा आउने सहयोगलाइ म पूर्णरुपमा सदुपयोग गर्ने गर्छु । सहयोग सानै रुपमा गर्नुहोस् तर त्यो लामो समयसम्मका लागि होस् भन्ने म चाहन्छु। बिदेशमा बस्ने कुरालाई म नराम्रो मान्दिन,तर यत्ती हो कृपया आफ्नो मातृभूमिलाइ बिर्सने काम नगर्नुहोस् । के छ त महावीरको सपना? महावीर भ‌न्‍छन्‌ - "विकट पहाडी भेकमा एउटा युनिभर्सिटी स्थापना गर्ने सपना छ मेरो जहाँ गरीबका छोरा छोरीहरुले पढ्न पाउन्‌ । यस्का लागि सन्‌ २०१५ सम्ममा कलेजको स्थापना गर्ने लक्ष राखेको छु । मान्छेहरु मेरा कतिपय योजनाहरु सुनेर हाँस्ने गर्छन्‌ । तर म निरन्तर प्रयास र इमान्दार प्रतिबद्दताले जस्तै कठिन कार्य पनि सम्पन्न गर्न सकिन्छ भन्ने कुरामा बिस्वस्त छु।" ब्यक्तिगत सुखलाइ त्यागेर सिंगो सामाजिक स्वार्थका लागि जीवनलाइ समर्पित गरेका महावीरका कुरा सुनेपछी सोही कायंक्रममै डा. श्याम कार्किले एउटा नयाँ Desk Top Computer र एच.बि. भण्डारीले US Dollar 437.84 को चेक सहयोग स्वरुप प्रदान गर्नु भयो । आयोजकहरुको तर्फ बाट कम्तिमा ५० जनाले महिनाको 5 US Dollar एक बर्षसम्म स्थाई रुपमा सहयोग पठाउने प्रतिबद्दता पनि गरियो । महावीर पुनमगरको जीवनी र म्याग्स्याश्या पुरस्कारको साइटेसन पढ्‌नुहोस्‌

No comments:

Post a Comment