Saturday, December 27, 2008

POEM

लाश कहिले टुसाउछन?
एचबी भण्डारी प्रभात बाल्टिमोर, अमेरिका
यता सपनाका मन कन्दरमा लटरम्म गुरास फुल्दैनन् आजकाल
बिपनाको बन्दरगाहमा कैद यि ऋतुहरुबिच
जीवनका कित्ताबाट मेटिदै गरेका रेखाहरु
ढुङे त्रिकोण भित्र दोधारे भटमासभई
बिभत्तश खले गर्‍हाको भुगाने टारहरुमा खन्नडहर खडेरी बाचिरहेछौ?

एग्जिट छोडिएर पशचिमी दाहिने गतिशिल आकाशमा
हामी त्रिशन्कुझै झुन्डीरेहेछौ।
उता डुल्ने बतासे डाँडामा हाम्रा प्रतिछाया मेटिदैछन आजकाल
घिर्सिएका टारी बारी र दु:खका दुबोमा
डन्डिबियोका निशानहरु ठमेलतिर बिर्य नचाहिने बेश्यालयले पुरिएहोलान्? ,
डन्डिबियोखेल्ने तिनै साथीका खरानी समाचार
फेशबूकको इन्बोक्समा कैद यि वार्षिकीहरु !

बिडम्बनाको मृत्‍यु बासमा सिन्धुर र मखमली रुवाउदै
आसुँ नदी पार अभागी अस्तुहरु
मल्खातो भित्र भुलिएका गुन्द्रुक्झै
अनकन्टार मेरा बाँकी साथीहरु
सरदे चिसोमा मार्शिधान र जमरासगै
मेरा केमाकोडरमा कैद आमाका असिर्बादलेले कहिलै बिउझाउदैनन।

आमा ! घर छेवैको फदेलोको काग सँग ति छोराका समाचार नसोध्नुल,
मेरो ब्लक्बेरीमा अर्कै समाचार आएर
म डेलवेर को पूल नजिकै बाट न्यू योर्क शहर पसदै छु,
तिनै छोराका थोक र खुद्रा लाशझै
त्यो समाचार रत्न पार्क र सडक पार्कमा बिकेहोला है !


दुइबर्से नातिको कोर्कोको पर्तिछायामा
हजुकै जस्तो मन्मा झै प्रशनै प्रशन छ
प्रसान्त महाससागरमाथी उड्नेलाई
ति पुरिएका लाश कहिले टुसाउछन!
ति भुलिएका लाश कहिले टुसाउछन!

3 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. धेरै राम्रो कविता लेख्नु भएछ दादा हजुर हामी नेपालीको लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।

    ReplyDelete